बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुध्दमा विरोध प्रदर्शन भएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनको विरुध्दमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो । 

पाकिस्तानले आतंकवादीहरुलाई बस्‍न दिएको र सहयोग गरेको भन्दै उनको विरुध्दमा प्रदर्शन गरिएको अन्तर्राष्ट्रीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरूको बसोबास रहेको समाचार सार्वजनिक भएको थियो । 

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्‍न दिन नहुने भन्दै प्रधानमन्त्री खानको विरुध्द प्रदर्शन गरिएको हो ।

प्रधानमन्त्री खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् । खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो पटक अफगानिस्तान भ्रमण हो । 

उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरूले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्नेछन् । हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरूका बीचमा शान्ति वार्ता शुरु भएको छ । गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको  वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।(रासस) 

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश