बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उल्लेख गरे । उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउने बताए ।
गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको जानकारी दिए । उनले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताए । उनले मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिका लागि मुद्रा प्रदायकहरूलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने जानकारी दिए ।
उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे । उनले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान रहेको बताए । उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए ।
अधिकारीले बैंकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए । उनले राष्ट्र बैंकले बैंकहरूबाट करिब ६० अर्ब लिएको बताए । उनले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताए ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_D1wHfTajMk_hic7n9tehxfeqmytvh5kdcct6rxo1sinwlmdkjvwhxge1fy2cielxqfpkjtk.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया