यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । समिट जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ । त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क जुन थियो शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
‘कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क जुन थियो शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने । संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टोकिङ मुभमेण्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ' उनले भनिन् 'यसमा प्रतिनिधि मण्डलमा मान्य कृषि तथा पशुपंक्षी विकासमन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।’
मन्त्री शर्माले आजको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया