७ गते प्रधानमन्त्री प्रचण्ड इटाली जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका लागि प्रचण्ड इटाली जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन जान लागेका हुन् । कार्यक्रम जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।
प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले इकागजलाई जानकारी दियो ।
प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ ।
उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्य जाने तयारी भइरहेको छ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया