प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् ।
लामो समयको प्रतिक्षापछि बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ ।
बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया