कुवेतमा तेल निकाल्ने मेसिनमा च्यापिएर एक नेपाली कारदारको मृत्यु

काठमाडौँ- कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मानबहादुर भुजेलको मृत्यु भएको हो ।
कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।
विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए । उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।
पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए कुवेतलाई उनले अनुरोध गरेकी छन् ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया