एसिया कप : समूह चरणबाटै बाहिरिएको नेपालले भोलि यूएईको सामना गर्ने

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको नेपालले भोलि (बुधबार) युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ को सामना गर्नेछ ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएईबीचको अन्तिम खेल कोलम्बोस्थित पी सारा ओभलमा नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेट र सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । यूएई ‘ए’ पनि अघिल्ला दुवै खेलमा पराजय भोगेर समूह चरणबाटै बाहिरिसकेको छ ।
प्रतियोगिताको समूह चरणबाट बाहिरिएका कारण भोलि मैदानमा उत्रँदा नेपाल र यूएई दुवै सान्त्वना जितको खोजीमा हुनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया