सर्जुन र अस्मिता अधिकारीका ‘मनका भावना’

काठमाडौं - गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ । गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।
सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा(ध्रुब) र सुजाता थुलुङ(राई) फिचर्ड छन् । भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भिडियोमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन् । लोकेसन अनुसार सागर र सुजाताको रोमान्स सुहाउँदो छ ।
भिडियोमा अबिनास मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी छ । भिडियोकी निर्माता शान्ता राई हुन् । शान्ता मोसन पिक्चर्सको प्रस्तुती रहेको भिडियो एक्स–डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया