कैलालीको गेटामा एक सय शय्याको अस्पताल सञ्चालन आउने

कैलाली । कैलालीको गेटामा न्यूनतम सेवासहित एक सय शय्याको अस्पताल सञ्चालन आउने भएको छ। संघीय मन्त्रिपरिषद्ले १४१ जनाको दरबन्दी स्वीकृति प्रदान गरेको हो। गेटामा न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असार १९ गते मन्त्रिपरिषद्ले स्वीकृत दिइएको हो।
अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पेस गरिएको कार्यक्रम स्वीकृत हुनासाथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। उनले सरकारबाट दरबन्दी स्वीकृत भइसकेको बताउँदै स्वास्थ्य मन्त्रालयले कार्यक्रम स्वीकृत गर्नासाथ अस्पताल सञ्चालन आउने बताए ।
संघीय मन्त्रिपरिषद्ले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकामा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ। अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको निर्देशक जोशीले बताए ।
अस्पताल साउनभित्रै संचालनमा आउने बताउदै निर्देशक जोशीले सुरूमा एक सय शैय्याबाट सुरू गरेर बिस्तारै क्षमता थप गरिने बताए ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया