आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

न्यूजिल्यान्डले २०१६ पछि पहिलोपटक घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेल्ने

काठमाडौँ- न्यूजिल्यान्डले सन् २०१६ पछि पहिलोपटक घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेट खेल्ने भएको छ ।

न्यूजिल्यान्डले आगामी फेब्रुअरी-मार्चमा अस्ट्रेलियाविरुद्ध दुई खेलको टेस्ट सिरिज खेल्ने भएको हो । यी टोलीबीचको खेल वेलिङ्टन र क्रिसचर्चमा हुने छ ।

अस्ट्रेलियापछि न्यूजिल्यान्डले घरेलु मैदानमै दक्षिण अफ्रिकाविरुद्ध पनि दुई खेलको टेस्ट सिरिज खेल्ने भएको छ ।