इंग्लिस प्रिमियर लिगः शीर्ष चारको प्रतिस्पर्धा रोचक मोडमा

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्चक स्थितिमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमाथि पकड बनाएसँगै तेस्रो र चौथो स्थानका लागि तीन क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ ।
बर्नलीलाई ३-० पराजित गरे पछि लिभरपुल चौथौ स्थानमा उक्लेको छ । लिभरपुलले ३७ खेलबाट ६६ अंक छ । सामान अंक पनि गोल अन्तरका आधारमा लेस्टर पाँचौ स्थानमा झरेको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ६७ अंक छ ।
प्रिमियर लिगमा सबै टिमले एक-एक खेल खेल्न बाँकी छ । चेल्सीले एस्टन भिल्लाको सामना गर्दैछ । त्यही दिन लिभरपुल क्रिस्टल प्यालेससँग खेल्दैछ भने लेस्टर सिटी र टोटनहम भिड्दैछन् । चेल्सीले भिल्लालाई हराए स्वतः तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुनेछ । लिभरपुल र लेस्टरको नतिजाले चेल्सीलाई फरक पर्ने छैन ।
तर भिल्लासँग बराबरीमा रोकिए वा हार ब्यहोरे चेल्सीको शीर्ष चारमा पर्ने लक्ष्य लिभरपुल र लेस्टरको नतिजामा भर पर्नेछ । लिभरपुल वा लेस्टरले आफ्नो खेलमा अंक गुमाए वा पराजय ब्यहोरे, चेल्सी शीर्ष चारमा पर्नेछ । यदि चेल्सी पराजित भयो र लिभरपुल अनि लेस्टरले बराबरी खेले, गोल भिन्नताका आधारमा तेस्रो र चौथो स्थानमा पर्ने टिमको निर्क्यौल हुनेछ ।
शीर्ष चारमा नपरे पनि चेल्सीको च्याम्पियन्स लिगमा पर्ने सम्भावना जिवितै रहनेछ । तर त्यसका लागि आउँदो मे २९ मा म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग फाइनल चेल्सीले जित्नुपर्नेछ ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया