खोप उपलब्ध गराउन बेलायती राजदूतसँग प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानो मित्र राष्ट्र बेलायतसँग नेपाललाई आवश्यक खोप उपलब्ध गराउन आग्रह गरेका छन् । उनले कोभिडविरुद्धको लडाइँमा सहयोग गर्न मित्र राष्ट्रहरूलाई आग्रह गर्ने क्रममा बेलायतसँग पनि खोप मागेका हुन् ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलाई बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्टाचार भेट दिँदै प्रधानमन्त्री ओलीले एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार नेपाली जनताका लागि भेटमा दुई देशबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो । यसअघि उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य मन्त्रीले पनि आ-आफ्नो तर्फबाट कोभिडिवरुद्धको लडाइँमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया