पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलद्वारा ११ स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत

काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्पराज कँडेलले पदभार सम्हाल्दै एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनः नियुक्ति पछि आज बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

प्रतिक्रिया