मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित
मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने

काठमाडौँ- मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतले पारित गरेको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए ।
प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए । सांसदहरूले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिबद्धता जनाएपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।
विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया