अवैध हतियारसहित एक जना पक्राउ

स्याङ्जा - भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एक नाले भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियार समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै घाइतेलाई उपचारको लागि भिरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगी उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया