हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन पाइँदैन : सुमना श्रेष्ठ

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई विरोध गर्नुपर्ने कारण बारेमा वक्तव्य दिँदै उनले यस्ताे बताएकी हुन् ।
सांसद श्रेष्ठले संसदले बहुमतका आधारमा यो विधेयक पारित गरेमा यसका विरुद्ध अदालत जान आह्वान समेत गरिन् ।
उनले भनिन्, ‘यो शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ । संविधानको धारा १, धारा २१ र धारा ४६ विपरीत छ । संविधान विपरीतको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु ।'
उनका अनुसार यो कानुनी सिद्धान्त र मुलुकी अपराध संहिताकाे दफा ४१ विपरीत छ ।
उनले थपिन्, 'याे सर्वोच्च अदालतबाट प्रतिपादित नजिर विपरीत छ । हामी जननिर्वाचित सांसदहरू छौँ । आज अंक गणितबाट यो हुन्छ, हुँदैन भनेर पास गर्ने हो भने म यही रोष्टमबाट आव्हान गर्न चाहन्छु, नेपाललाई माया गर्ने, संविधानलाई मान्ने र नेपाल रुल अफ ल हुनुपर्छ चेक एन्ड ब्यालेन्स हुनुपर्छ भन्ने मान्छेहरूलाई अदालतमा जानुस् यो विधेयक पास भयो भने यसको विरुद्ध मुद्दा हाल्नुस् ।'
उनले याे संविधानको विपरीत भएकाे र यस्तो गरेर देशको सेवा गर्न नसकिने बताएकी छिन् ।
उनले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने कुराकाे समेत जिकिर गरेकी छिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया