फरक–फरक प्रकारका कानुनहरू हालेर सरकारले बच्पना देखाएको छ : सोविता गौतम

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस विधेयकमा देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुनहरू हालेर सरकारले बच्पना देखाएको बताएकी छिन् ।
उक्त विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन् ।
उनले भनिन्, ‘सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरू पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बच्पना देखाएको भान हुन्छ ।'
उनले थपिन्, 'नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरू पनि प्रस्तुत गरेका छन् । सरकारले यस्ता डरलाग्दा कानुनहरू पास गराउन नियतवश नै यस्ता प्रकारका कानुनहरू एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्ने पनि आशंका उब्जिन्छ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया