नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्छ : प्रेम सुवाल

काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० मा नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्ने बताएका छन् ।
उनले २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि राख्नुपर्नेमा जोड दिए । त्यस्तै किसानलाई अनुदान दिनुपर्ने लगायतको विषय पनि समेट्नुपर्ने उनकाे भनाइ छ ।
‘नेपालीलाई आवश्यक औषधि नेपालमै उत्पादन गर्ने गराउने र विदेशी औषधि समेत सुपथ मूल्यमा बजारमा उपलब्ध गराउने पनि विधेयक आउनुपर्छ । २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि यो ऐनमा राख्नु जरुरी छ,' उनले भने, 'किसानलाई आवश्यक अनुदान दिनुपर्ने । ठूलठूला ठेक्कामा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न नेपाल पूर्वाधार कम्पनीमार्फत विकास निर्माण सम्पन्न गर्ने । क वर्गको ठेकेदार तत्काल खारेज गर्ने ।'
उनले यी सबै कुरा विधेयकमा हुनुपर्ने कुरामा जाेड दिएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया