देश अफ्रिकाभन्दा पछि धकेलिन्छ : ज्ञानेन्द्र शाही

काठमाडाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफ गर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई विरोध गर्नुपर्ने कारण बारेमा वक्तव्य दिँदै प्रमुख सचेतक शाहीले यसले हिंसालाई माफ दिने जिकिर गरेका छन् । उनले यो विधेयक प्रतिनिधि सभाबाट पारित भएमा देशलाई अफ्रिका भन्दा पछि धकेल्ने बताए ।
कसैले व्यक्तिको हत्या गर्ने र राजनीतिक आवरणमा मुक्ति पाउने घटना घट्नसक्ने भन्दै त्यसतर्फ अहिले नै सचेत हुनुपर्ने शाहीले बताएका छन् ।
प्रमुख सचेतक शाहीले भने, ‘यो विधेयकले हाम्रो देशलाई अफ्रिका भन्दा पछि धकेल्छ । भोलि सडकको किनारामा हत्या हुन्छ मान्छेको । मान्छेलाई मारिन्छ । त्यसपछि एउटा राजनीतिक पर्चा छरिन्छ । त्यसमा क्रान्तिका लागि, फलानाको लागि भनेर लेखिन्छ । अनि पर्चाको आधारमा सरकार अहो तिनीहरू त राजनीतिक दल हुन् भनेर उन्मुक्ति दिन्छ ।'
उनले थपे, 'म वार्तामा आउन चाहन्छु, मेरा सबै मुद्दा फिर्ता लग भनेपछि फिर्ता लिने हो भने भोलि यो देशमा विद्रोही समूह जन्मिँदैन भन्ने केही ग्यारेन्टी छ ?’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया