शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

फाइल फोटो

काठमाडौँ- बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।  

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।