पहिरोले घर पुरिँदा एकको मृत्यु

विराटनगर- तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा शुक्रबार राति गएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । परिवारका अन्य व्यक्तिहरू घाइते भएका छन् ।
लगातारको वर्षापछि घरमाथि खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका खाम्लालुङका करिब ६० वर्षीय देव थलङको उपचारका लागि लैजाने क्रममा बाटैमा निधन भएको वडाध्यक्ष भिमबहादुर लिम्बुले जानकारी दिए ।
बिहीबारदेखि दिनभर पानी परेका कारण पहाडी भिरालो जमिनमा पहिरोको जोखिम रहेको उनले बताए । 'आज दिनभरी नै पानी पर्यो, पहिरो खसेर गाउँकै एक जनाको ज्यान गयो,’ उनले भने । पहिरोले घर पुरिँदा सोही घरमा रहेका गणेश स्पो घाइते भएको जनाइएको छ । उनको अवस्था भने सामान्य रहेको वडाध्यक्ष लिम्बुले बताए ।
पहिरोले घर पूर्ण रूपमा क्षति भएको र घरका लत्ताकपडा र सरसामान समेत पुरेको जनाइएको छ ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया