वैदेशिक रोजगार व्यवसायी संघले भन्याे : श्रमिकलाई बिनाकारण फर्काउनु गलत

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाकारण अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउनु गलत भएको जनाएको छ ।
संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले बिनाकारण श्रमिकलाई विमानस्थलबाटै फर्काउने गरेको भन्दै आपत्ति जनाएको हो ।
अध्यागमनका कर्मचारीले विगत केही दिनदेखि कानुनविपरीतको गलत सूचना दिने, अनावश्यक दुःख दिई वैदेशिक रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भइ हस्तक्षेपयुक्त कार्य गर्दै आएको संघको आरोप छ ।
यस सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुबेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिइ फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुँदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया