शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

धरानको वीपी कोइराला विज्ञान प्रतिष्ठानलाई स्वायत्त बनाइयोस् : ज्ञानेन्द्र कार्की

काठमाडौँ– नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले धरानको वीपी कोइराला विज्ञान प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारसँग माग राखेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘धरानको विपी कोइराला विज्ञान प्रतिष्ठान नेपाल सरकार र भारत सरकारको संयुक्त सहकार्यमा स्थापना भएको मुलुकको पहिलो र अग्रणी संस्था हो,’ उनले भने, ‘यो विपी कोइरालाको नाममा स्थापित संस्था भारतको हेम्स हस्पिटलको ढाँचामा यसलाई अगाडि बढाउने उद्देश्य राखेर ऐनले नै स्वायत्त प्रधान गरेको संस्था हो ।’

सांसद कार्कीले अगाडि भने, ‘अहिले आएर छाता ऐन अन्तर्गत यो संस्थालाई अगाडि बढाउने चर्चाले त्यस क्षेत्रका जनता र यो संस्थाको उद्देश्य प्रतिकूल हुने हुनाले म सरकारलाई तत्काल यसलाई छाता संगठनमा राख्ने निष्कर्ष हटाउन र स्वायत्तता बनाउन अनुरोध गर्छु ।’