सांसद गैरेको प्रश्न : आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन ?

काठमाडौँ– नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले कर्मचारीहरूले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा मन्त्री बस्नेतले आत्महत्यालाई प्रोत्साहन गर्ने किसिमले जवाफ दिएकाे बताए ।
उनले बैठकमा आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनेर समेत प्रश्न गरे । ‘आत्महत्यालाई प्रोत्साहन गर्ने तरिका अत्यन्त दुःखद छ । म यसतर्फ सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई बस्नेतले आफ्नो कोठामा आएर झुन्डिन भनेका थिए ।
बस्नेतले उक्त भनाइलाई लिएर आलोचना भइरहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया