लम्की स्किन नियन्त्रणका लागि विश्वप्रकाश शर्माको ५ बुँदे सुझाव

काठमाडौँ- कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीका रूप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् ।
पशु स्वास्थ्य आपत्काल महसुस गरेर सम्बन्धित सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रूपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रबन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाया मृत्युले नोक्सानी बेहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।
साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया