अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत

काठमाडाैँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताएका हुन् ।
उनले मूल्यवृद्धि विगतभन्दा घटेको र सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको समेत उल्लेख गरेका छन् ।
अर्थमन्त्री महतले भने, ‘यसपाली करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । पछिल्लो समयभन्दा अहिले मूल्यवृद्धि पनि घटेको छ । अर्थतन्त्र सकारात्मकतातर्फ बढेको छ ।'
' ब्याजदरमा पनि अलिकता सहजता हुने बित्तिकै थप चलायमान हुन्छ र राजस्व वृद्धि हुने प्रशस्त आधार दिन्छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिम शुल्क मात्रै नभएर अन्य शुल्क विनियोजन गर्नुपर्ने आवश्यकता छ,' उनले भने, 'त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरूले राखेको सुझावलाई हामी सहस्र आत्मसात् गर्छौ ।'
अर्थमन्त्री महतले आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिने कुरामा छलफल गरिने बताएका छन् । सदनमा बाेल्दै उनले गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम् स्वास्थ्य उपचार र रोकथामको सुनिश्चतता गर्ने, बेसिक हेल्थ केयरकाे सुनिश्चतता गर्ने राज्यको लक्ष्य पूर्ति गर्ने तर्फ क्रियाशील हुने कुरा प्रकाश पारे ।
साथै, उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया