शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सांसद खतिवडाले भने : ललिता निवासको जग्गा बेच्नेलाई पनि कारबाही होस्

काठमाडौँ– सत्तासीन दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा सरकारले किन्नेलाई मात्र नभएर सरकारी जग्गा बेच्नेहरूलाई पनि कारबाही गर्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले ललिता निवासको सरकारी जग्गा किन्नेहरूलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाए ।​

ललिता प्रकरणमा सरकारले व्यापारी र केही साना कर्मचारीलाई मात्र ध्यान दिएको उनको भनाइ छ । ठूला माछालाई पनि कारबाही गर्न माग गर्दै उनले भने, ‘ठूला माछालाई कारबाही होस् । व्यापारीहरूलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरूलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरू को हुन् ? तिनलाई कारबाही गरोस् ।’