चोरी पैठारीका सामानहरू बरामद

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको इलाका प्रहरी कार्यालय छप्कैया, प्रहरी चौकी ईनर्वाले भन्सार छली गरी ल्याइएका चोरी पैठारीका सामानहरू बरामद गरेको छ ।
बुधबार बरामद गरिएका सामानमा पाँच थान चोलोको थान कपडा, पाँच थान नेटको कपडा, एक थान सुरुवालको कपडा, २० पिस कुर्था सरवाल, २८ पिस गोल्डेन ओक, विभिन्न किसिमका मोबाइल पाटपुर्जा एक झोला, ९६ केजी चिनी, ६२ पिस मो.सा.को ट्युब, ५५ बोतल कस्तूरी रक्सी र तीन थान थानको कपडा गरेर एक लाख एकानब्बे हजार बीस रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराएका छन् ।
उक्त सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए ।

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

प्रतिक्रिया