इमर्जिङ एसिया कपः नेपालले भोलि पाकिस्तानसँग खेल्ने

काठमाडौँ- श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले शुक्रबार(भोलि) पाकिस्तान ‘ए’को सामना गर्नेछ । समूह ‘बी’ मा रहेका नेपाल र पाकिस्तान ‘ए’बीचको खेल कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट सुरु हुनेछ ।
नेपालले दोस्रो खेल भारत ‘ए’सँग जुलाई १७ तथा अन्तिम खेल युनाइटेड अरब इमिरेट्स (यूएई) 'ए' सँग जुलाई १९ तारिखमा खेल्नेछ ।
नेपाली टोलीमा कप्तान रोहित पौडेल सहित अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।
क्यानाडामा हुने ग्लोबल टी-ट्वान्टी क्यानाडा (फ्रेन्चाइज लिग) खेल्न जाने भएका कारण दिपेन्द्र र सन्दीपले इमर्जिङ टिम्स एसिया कप गुमाउने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया