स्पेनले पठाएको स्वास्थ्य सामाग्री आज नेपाल आउँदै
काठमाडौँ : भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान बिहीबार काठमाडौँ आउँदैछ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन् ।
यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली सङ्घ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच आज भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो ।
मन्त्रीद्वयबीचको कुराकानीका क्रममा नेपाल-स्पेन सम्बन्धका विविध पक्षका साथै सहयोगबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिकित्सा उपकरण एवं सामग्रीको उदार सहायताका निम्ति स्पेन सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड-१९ को बढ्दो नयाँ लहरविरुद्ध जुधिरहेको नेपाललाई मित्रवत् स्पेनी सरकार र जनताबाट प्राप्त सहयोग अतिमहत्वपूर्ण भएको बताए ।
स्पेनीमन्त्री लायाले निषेधाज्ञाका कारण बिचल्लीमा परेका आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको सहजकर्ताको भूमिकाको सराहना गरेको पनि मन्त्रालयले जनाएको छ ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया