भौतिक पूर्वाधार विकास मन्त्रालयले भन्यो - आरजुको घर मर्मतका लागि पैसा दिएको छैन
सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाको नाम जोडेर केही सञ्चारमाध्यममा प्रकाशित उक्त समाचार कपोलकल्पित, भ्रामक र तथ्यहीन भएको जनाएको छ ।
आव २०८०/८१ को बजेटमा भौतिक पूर्वाधार विकासमन्त्रीको आवास भवन मर्मत तथा रङरोगन गर्ने कार्यमा विनियोजन गरिएको बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मतका लागि छुट्याइएको स्पष्ट पार्दै विज्ञप्तिमा मन्त्री प्रकाशबहादुर देउवाले निवासका लागि कुनै किसिमका सेवासुविधा मन्त्रालयबाट नलिई आफ्नै निजी निवासमा बसेको उल्लेख गरिएको छ ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया