दिपेन्द्रको एकदिवसीय वरीयता खस्कियो, सन्दीपको अवस्था कस्तो ?

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दिपेन्द्रको वरीयता खस्किएको हो । यसअघि ६२ औँ स्थानमा रहेका दिपेन्द्र ६३ औँ स्थानमा झरेका छन् ।
यता लेग स्पिनर सन्दीप लामिछाने भने २४ औँ स्थानमा यथावत रहेका छन् । त्यसैगरी, सोमपाल कामी ७८ बाट ७९ औँ स्थानमा झरेका छन् भने करण केसी ८५ बाट ८४ औँ स्थानमा उक्लिएका छन् । ललित राजवंशी ९८ औँ स्थानमा यथावत छन् ।
ब्याटिङतर्फ कप्तान रोहित पौडेल ७३ औँ स्थानमा यथावत रहँदा आशिफ शेख ७७ औँ स्थानबाट ८० औँ स्थानमा झरेका छन् ।
टी-ट्वान्टीको ब्याटिङतर्फ दिपेन्द्र ६२ औँ स्थान तथा अलराउन्डतर्फ १४ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने ७० औँ स्थानमा रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया