सुनिल नारायणको योजनाः ७५ घण्टामा दुई महादेशमा चार खेल खेल्ने
काठमाडौँ- वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले ७५ घण्टाभित्रै दुई महादेशमा चारवटा क्रिकेट खेल खेल्ने योजना बनाएका छन् ।
सुनिलले ९ हजार माइल यात्रा गर्दै अमेरिकाको मेजर लिग क्रिकेट तथा इंग्ल्यान्डको भिटालिटी ब्लास्टका चार खेल खेल्ने योजना बनाएका क्रिक-इन्फोले जनाएको छ ।
भिटालिटी ब्लास्टमा सुर्रे क्लबका लागि खेलिरहेका सुनिल बिहीबार अमेरिका प्रस्थान गर्ने तथा उनले मेजर क्रिकेट लिगमा एलए नाइट राइडर्सका लागि टेक्सस सुपर किंग्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि शनिबार बिहानै सुनिल इंग्ल्यान्ड पुगेर स्थानीय समयअनुसार दिउँसो २:३० बजेबाट सुरु हुने भिटालिटी ब्लास्टअन्तर्गतको सुर्रे र समरसेटबीचको सेमिफाइनल खेल्ने तालिका रहेको छ ।
यदि सुर्रेले सेमिफाइनल जिते सोही राति हुने फाइनल पनि सुनिलले खेल्नेछन् । त्यसपछि पुनः उनी अमेरिकाको डल्लास पुगेर आईतबार राति एलएका लागि दोस्रो खेल खेल्नेछन् ।
७५ घण्टाभित्र सुनिलले ४ खेल खेल्ने योजना बनाइरहँदा उनी १८ घण्टा भने विमानमै विताउने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया