चीनमा ४३ करोड ५० लाखले कोभिडविरुद्धको खोप लगाए

बेइजिङ : चीनमा मङ्गलबारसम्ममा कोभिड-१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड-१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तिब्र बनाइएको छ ।
दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
विश्वभर हाल कोभिड-१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ । कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । (सिन्ह्वा)
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया