काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

काठमाडौँँ- शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौँँ उपत्यका गुरु योजना बनाइरहेको बताएकी छिन् । सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् ।
उनले काठमाडौँँ उपत्यका घरै–घरको मात्रै शहर भएको जिकिर गरे । उनले राज्यको स्पष्ट शहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा घरै मात्रै भएको बताए ।
मन्त्री गुरुङले काठमाडौँँ उपत्यकामा ठूलो शहर नभएको, गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी, साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरू भएको शहरका रूपमा स्थापित भएको बताए । उनले यसरी बनेका घरहरू राज्यले शहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताए ।
सरकारले बनाएको गुरु योजनाले शहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने उनकाे भनाइ छ । उनले काठमाडौँँ उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका सहायक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि रहेको बताए ।
गुरुङले काठमाडौँँ उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको उल्लेख गरे । उनले शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने बताए । उनले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको बताए ।
मन्त्री गुरुङले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने जिकिर गरे । उनले शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै शहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको पनि बताए । काठमाडौँँ महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालीन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने र ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने उनकाे भनाइ छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया