विमला राई पौड्यालकाे प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको हो ?

काठमाडौँ- राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उक्त प्रश्न गरेकी हुन् । उले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् ।
पौड्यालले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बजेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ की समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’
राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया