पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बन्याे : भगवती न्यौपाने
काठमाडौँ- राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले वर्षौंदेखि अदालतमा रहेका मुद्दाहरूको किनारा नलागेको र पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी हुन् । उनले पहुँच हुनेले मात्र न्याय पाउने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न सरकार र कानुन मन्त्रालय उदासीन रहेको उल्लेख गरिन् ।
सर्वोच्चमा न्यायाधीश नियुक्त गर्ने विषयका कानुन मन्त्रालयले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाइन् । न्यौपानेले मुलुकमा धेरै परिवर्तन भए पनि कतिपय कानुन पञ्चायतकालदेखिकै रहेकाले समयानुकूल नयाँ कानुनहरू ल्याउनुपर्ने बताइन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कानुन बनाउने कुरामा समेत उदासीन देखिएकाले खर्च कटौतीको प्रस्ताव राखेको उनकाे भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया