बालुवाटार पुगेर ओलीलाई भेट्न दाहालले गरे अस्वीकार
अब छलफल धुम्बाराही र पेरिसडाँडामा गर्ने अडान

काठमाडौं : सत्तारुढ दल नेकपा गम्भीर मोडमा पुगेको निश्कर्षमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका (दूत) हरूले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बालुवाटारमा एक्लै भेट्न अस्वीकार गरेपछि धुम्बाराहीमा ओली निकट नेताहरू दूतका रूपमा पुगेका थिए ।
प्रधानमन्त्रीले लगातार दाहालसँग छलफलको प्रस्ताव गरेपनि उनले बालुवाटारमा एक्लै छलफल नगर्ने जानकारी दिएका हुन् । त्यसपछि, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल दाहालसँग वार्ता गर्न धुम्बाराही पुगे । पार्टी सम्बन्धी वार्ता र छलफल धुम्बाराही वा पेरिस डाँडामा गर्ने प्रस्ताव दाहालले गरेकाले उनी त्यहाँ पुगेका हुन् ।
उनी वार्ता गरिरहँदा त्यहाँ पुगेका संसदीय दलका उपनेता सुवास नेम्वाङसाग पनि छलफल भयो । छलफलमा दाहालले ओलीलाई जवाफ आउनु अघि नभेट्ने अडान राखे । भेटवार्तापछि महासचिव पौडेलले नेकपा गम्भीर स्थितिमा पुगेको जानकारी आफू निकटकालाई गराएका छन् । उनले पार्टीभित्रको अवस्था सोचेभन्दा ‘गम्भीर’ रहेको भन्दै समाधानका लागि मिलेर सहकार्य आवश्यक रहेको बताए ।
गत कात्तिक २८ गते सचिवलाय बैठकमा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्तावपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले जवाफ दिने तयारी गरिरहेका छन् । त्यसअघि ओलीले दाहालसँग एक्ला–एक्लै कुरा गर्न खोजिरहेका छन् । तर दाहालले पार्टी कार्यालयमा मात्रै अन्य साथीहरूसहित भेट गर्ने अडान राखेका छन् । हुन पनि सरकारी निवासमा पार्टीको बैठक लगातार राख्नु शक्तिको दुरुपयोग हो । यही अडानबीच दूतहरूको भेट बाक्लिएको हो ।
ओलीले कुरा फेर्ने गरेको भन्दै एक्लै आफूले नभेट्ने सन्देश दाहालले पठाएका हुन् । कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव प्रति असन्तुष्ट रहेका ओलीले दाहाललाई छलफल गर्न बालुवाटार बोलाए पनि आफू एक्लै प्रधानमन्त्री ओलीलाई नभेट्ने सन्देश उनी निकट दूताहरुलाई दिए ।
पोखरेलले दाहाललाई भेटेनन्
अध्यक्ष दाहालले महासचिव पौडेल र संसदीय दलका उपनेता नेम्वाङसँग छलफल गरिरहदा धुम्बाराहीस्थित पार्टी कार्यालयमै रहेका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष दाहाललाई भेटेनन् । प्रधानमन्त्री निकट उपप्रधानमन्त्री पोखरेलले छलफल चलिरहेको बेलामा धुम्बाराहीमै कार्यकर्ता भेटिरहेका थिए । उनले अध्यक्ष दाहाललाई भेट्न आवश्यक ठानेनन् । पहिले रक्षा मन्त्रालयमा पार्टी नेता तथा कार्यकर्तालाई भेट्ने गरेका पोखरेलले मन्त्रिपरिषद् एवं प्रधानमन्त्री कार्यालयमा सरेपछि त्यहाँ भन्दा बढी भेटघाट निवास वा पार्टी कार्यालयमा गर्ने गरेका छन् ।
पोखरेल पनि दाहाल–ओली मिलाउने दौडधुपमा लाग्ने नेता मध्येका हुन् । उनले बरु दाहालसँगको भेटपछि अर्थमन्त्री पौडेल र उपनेता नेम्बाङसँग छुट्टै छलफल गरेका थिए । अहिले दाहाल र ओली दुवै तर्फका नेताहरू आफ्नो नेतृत्वलाई मिलाउन लागि परेका छन् । संवादहीनताको अवस्था नरहोस् र सहमति नै गरेर बैठकमा बस्ने उपाय खोज्न पहल होस् भनेर छलफल भएको जानकारी एक नेताले दिए ।
३ मंसिरमा बसेको सचिवालय बैठकमा आफ्नो धारणा राखेका प्रधानमन्त्री ओलीले दाहालले ल्याएको राजनीतिक प्रतिवेदन नभएर आरोप पत्र भएको र त्यसलाई अस्वीकार गर्दै खारेज गरेको बताएका थिए । उनले प्रस्तावमा लगाइएको आरोप पुष्टि नभए दाहालले अध्यक्ष पद छाड्नुपर्ने र आरोप पुष्टि भए आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्ने बताएका थिए । यो प्रस्तावलाई आफूले गम्भीर रुपमा लिएको उनको भनाइ थियो । यो स्तरको विवादले पार्टी एकता नै भंग हुनसक्ने नेकपा नेताहरूले नै बताइरहेका छन् ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया