समाजसेवी मनोज आचार्यद्वारा मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ : कोभिड महामारीमा पनि नियमित समाचार संप्रेषणमा खटिएका पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने पत्रकारहरूलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको हो ।
फाउण्डेसनलाई युवा उद्यमी एवं समाजसेवी मनोज आचार्यले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । बुधबार आचार्यले १ हजार थान एन ९५ मास्क र २० लिटर स्यानिटाइजर फाउण्डेसनका संयोजक नकुल अर्याललाई हस्तारण गरेका हुन् ।
कोरोनाको कहरका बावजुद जनतालाई सही सूचना संप्रेषण गर्न खटिएका पत्रकारहरूलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको आचार्यले बताए । ‘फिल्डमा खटिने पत्रकारलाई मास्क र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभाव नहोस् र जनताले कोरोनाबारे सन्तुलित समाचार पाउन्’, सामाग्री हस्तान्तरण गर्दै आचार्यले भने ।
आचार्यको अगुवाइमा सर्लाहीको ईश्वरपुरमा आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ भने फुड ब्यांक र स्वास्थ्य सामाग्री वितरण अभियान जारी छ । मिडिया हेल्प फाउण्डेसनका संयोजक अर्यालले पहिलो चरणमा समाचार संकलनमा खटिने २ सय ५० पत्रकारलाई मास्क, स्यानिटाइजर, फेसशिल्ड र ग्लोभ्स वितरण गर्ने बताए । यसैबीच, अमेरिकामा बस्दै आएका युवा अभियन्ता नवराज सुवेदीले मिडिया हेल्प फाउण्डेसनलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् । पत्रकारलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद र वितरणका लागि सुवेदीले सो रकम उपलब्ध गराएका हुन् । सुवेदी एनआरएन अमेरिकाको महासचिव पदको प्रत्याशी रहेका छन् ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया