उपत्यका बाहिर रहेकाले आफू रहेको स्थानबाट भेरोसेलको दोस्रो डोज लगाउन पाउने

काठमाडौँ : उपत्यका बाहिर रहेका नागरिकले आफू रहेको स्थानमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगउन आउन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सवारी पासको व्यवस्था नगरिदिन अनुरोध गरेको छ ।
भेरोसेलको पहिलो चरणको खोप लगाएका र दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरूको लागत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरूले तयार गरी प्रदेश मार्फत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।
दोस्रो मात्रा लगाउन बाँकी रहेकाले आफू बसेको स्थानीय तहको स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा नाम टिपाउनलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । दोस्रो मात्रा खोप लगाउन बाँकी भएकाहरूको लागत तयार भएपछि मिति र स्थान तोकिने मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया