प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्को बैठक असार २९ गते बस्ने गरी स्थगित भएको हो ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवादित अभिव्यक्तिमाथि स्पष्टीकरण दिए । उनले भावनामा बगेर आफूले त्यो अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन नहुने भन्ने आत्मबोध भएको बताए ।
असार १८ गते प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको थियो । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै थियो ।
आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताबीच बसेको बैठकबाट संसद् अवरोध हटाउने सहमति भएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया