विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीकाे स्पष्टीकरण : म त सुरुदेखि नै स्पष्ट पार्न पर्खिरहेको थिएँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको’ भनी दिएको विवादित अभिव्यक्तिमाथि आफूले सुरुदेखि नै स्पष्टीकरण दिन चाहेकाे बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा उक्त अभिव्यक्तिमाथि स्पष्टीकरण दिने क्रममा उनले भने, ‘म त सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खिरहेको थिएँ । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन किन भनियो ? मैले बुझेको छैन । के यही हो संसदीय अभ्यास ?’
उक्त विषय गम्भीर भएकाले आफूले सुरुदेखि नै त्यसबारे प्रष्ट पार्न चाहेको उनले जिकिर गरे ।
असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको थियो ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै थियो ।
सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलका नेताबीच बसेको बैठकबाट एमालेले संसद् चल्न दिने सहमति निस्किएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया