बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ यात्रु घाइते

कैलाली- बैतडीको मेलौलीमा आज भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
दुर्घटनापछि भण्डारीलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ । घाइतेहरूको परिचय खुल्न सकेको छैन ।
आज दिउँसो पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस १ बजे मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया