सुदूरपश्चिम प्रदेशसभाको बैठक आजदेखि

कैलाली- सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने भएको छ । प्रदेश सभा बैठक आज दिउँसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । यसअघि असार १ गते बसेको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले प्रदेश सभालाई विजनेस नदिनु र वार्षिक कार्यक्रम (रातो किताव) माथि सत्तापक्ष र प्रतिपक्षी दलहरुको असन्तुष्टिका कारण बैठक सञ्चालन हुन सकेको थिएन् ।
साउन १ गतेभित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान भएकाले सरकारले बजेटमाथिको छलफल भोलीदेखि सुरु गर्ने तयारी गरेको छ । सोमबार विहान बसेको कार्य परामर्श समितिले आज बैठक शुरु गरेपनि बजेटमाथिको छलफल अघि नबढाउने निर्णय गरेको छ ।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले कार्य परामर्श समितिको बैठकले आज बस्ने प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूचि तय भएको बताए । उनले भोलीदेखि बजेटमाथिको छलफल हुने समेत जानकारी दिए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया