विद्युत् उत्पादन कम्पनीमा डब्बल डब्बल प्रमोसन

काठमाडौँ- आफ्ना ‘कार्यकर्ता’लाई जागिर खुवाउने प्रमुख ध्येयका साथ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले खडा गरेको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) मा केही कर्मचारीहरूको एक्कैचोटि डब्बल प्रमोसन (दोब्बर बढुवा) हुने गरेको छ ।
भीयूसीएलले गत वैशाख १ गते सात, आठ, नौ र दस तहमा ११ जनाको खुला विज्ञापन गर्यो । उक्त विज्ञापनमा रसुवागढी हाइड्रोपावरबाट आएर आठ तहमा कार्यरत सूर्यप्रकाश पाण्डेले ९ र १० दुवै पदमा आवेदन दिए । तर, उनलाई लघु सूची (सर्ट लिस्ट) निकाल्दा १० तहमा मात्र पारियो ।
दस तहको लघु सूचीमा पाण्डेसहित हीरामान बाइबा, नवीन पौडेल र विश्वकुमार श्रेष्ठ परे । गत वैशाख ३१ गते उक्त लघु सूची सार्वजनिक भएपछि गत जेठ ८ गते भीयूसीएलको छनौट समितिले अन्तर्वार्ता लियो । तर, नतिजा निकालेन ।
गत जेठ २६ गते उक्त विज्ञापनको नतिजासहित सञ्चालक समितिमा पेस भयो । उक्त नतिजाले सञ्चालक समितिभित्र हंगामा मच्चिएको एक सञ्चालकले बताए । हंगामा हुनुको कारणचाहिं सात तहकालाई नौ तह, आठ तहका लागि १० तहमा र कम्पनीका ९ तहका वरिष्ठलाई पाखा लगाई छनौट गरिनु थियो ।
नौ तहमा कार्यरत वरिष्ठलाई अन्याय भएको महसुस गरी सञ्चालक समितिले ती वरिष्ठलाई पनि १० तहमा लैजानुपर्छ भन्दै गत जेठ ३१ गते १० तहका लागि थप विज्ञापन गर्यो । बहाना बनाइयो— भारतको एनएचपीसीसँग फुकोट कर्णालीको ‘नेगोसियसन’ (वार्ता) गर्न १० तहका वरिष्ठ इन्जिनियरको आवश्यकता ।
पछिल्लो पटक दोहोर्याएर गरिएको विज्ञापनमा आवेदन परेकामध्ये कम्पनीले चार जनालाई लघु सूचीमा राख्यो । पहिलो नम्बरमा भीयूसीएलमै कार्यरत नौ तहका वरिष्ठ सिभिल इन्जिनियर हीरमान बाइबा, यसअघि नै छनौटमा परिसकेका सूर्यप्रकाश पाण्डे, पहिलेको पनि लघु सूचीमा परिसकेका विश्वकुमार श्रेष्ठ र कम्पनीबाहिरका प्रकाश ढुंगाना परे ।
पहिलोपटक विज्ञापन गरिएको सात, आठ, नौ र दस तहको लघु सूचीमा परेकाहरूको अन्तर्वार्ताको नतिजा आज आइतबार (असार २४) बेलुकी पाँच बजे प्रकाशित भयो । दोस्रोपटक गत जेठ ३१ गते विज्ञापन भएको र असार १८ गते सार्वजनिक गरिएको लघु सूचीमा परेकाहरूको अन्तर्वार्ता भोलि (असार २५) बिहान साढे सात बजे हुने सूचना भीयूसीएलले प्रकाशन गरेको छ ।
यसरी आफ्ना मान्छेलाई डब्बल प्रमोसन दिनका लागि अन्तर्वार्तामा ४० नम्बरको अंकभार आफ्नो तजबिजमा दिने गरी भर्ना छनौट कार्यविधि बनाइएको छ । यस सम्बन्धमा भीयूसीएलका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले आफ्नो मात्र भूमिका नभएको छनौट समितिले निर्णय गरेको बताए ।
हाल भीयूसीएलमा ३२ कर्मचारी कार्यरत छन् । २०७३ सालमा स्थापित भएको यो कम्पनीले हालसम्म तीनवटा आफैँ र अर्काे तीनवटा जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत अघि बढाएको छ । यसमध्ये सबैभन्दा बढी प्रगति भएको फुकोट कर्णाली मात्रै हो । अन्य पाँच आयोजनाका डीपीआर बनेका छैनन् । नलगाडको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छैन ।
त्यसैगरी मुगु कर्णाली (१९०२ मेगावाट) सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीको चरणमा पुगेको छ । त्यसैगरी किमाथान्का अरुण (४५० मेगावाट) को भने डीपीआर प्राप्त भइसकेको छ । जगदुल्ला (१०६ मेगावाट) आयोजनाको वित्तीय व्यवस्थापनको चरणमा छ ।
नियुक्तिकाे सूचना :

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया