एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा डिला खरेलले गरे उम्मेदवारी घोषणा

साउथवेल्स- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा एनआरएनए अभियन्ता डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । न्यू साउथ वेल्समा आइतबार आयोजित एक समारोहका बीच खरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।
गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख भएर काम गरिरहेका छन् । जुलाई २९ तारिखमा हुने एनआरएनए अस्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफूसँग स्पष्ट मिसन र भिजन भएकाले मत पाउने अपेक्षा गरेको बताए ।
सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा कोषाध्यक्ष रहेका खरेलले विगतमा आफूले उठाउने पारदर्शीताको मुद्दालाई अबको कार्यकालमा पनि खरो रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरूको आकर्षक गन्तव्यका रूपमा रहेको अस्ट्रेलियामा समस्यामा पर्नेहरूलाई सहयोग गर्न विशेष योजना ल्याउने उनले बताएका छन् ।
नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान्छ । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन । अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ । अष्ट्रेलिया सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को एजेण्डा छ ।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने उनको मुख्य एजेण्डा नै छ । दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ । उद्यमी सम्मेलनको अन्तर्य ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को एजेण्डा हो ।
‘एनआरएनए सबैको साझा संगठन हो, यसलाई सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ,’ उनले बताए । उनले 'हाम्रो एनआरएन राम्रो एनआरएन' बनाउन सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरूलाई अपिल पनि गरेका छन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया