मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने

काठमाडौँ- मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।
बालकुमारी–दोभान खण्डमा हाल काठमाडौँतर्फ काम भइरहेको समितिका सूचना अधिकारी उद्वव नेपालले बताए । उनका अनुसार अहिले भूनिर्माण र नदीसँग सम्बन्धित काम सुरु भएको छ भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
हाल नदी किनारको पर्खाल उठाउने उठाउने काम भइरहेको तथा त्यसपछि पार्क र साइकल मार्ग निर्माण गरिने उनको भनाइ छ । मनोहरा करिडोरअन्तर्गत हालसम्म दोभानबाट बालकुमारी हुँदै नरेफाँटसम्मको सडक सम्पन्न भइसकेको छ । बालकुमारीदेखि जडीबुटीसम्मको सडक डिभिजन सडक कार्यालयले निर्माण गरेको थियो ।
नरेफाँटबाट लोकञ्थली जोड्ने पुल हुँदै पेप्सीकोलासम्म ट्रयाक खोल्ने काम अघि बढेको छ । पेप्सीकोलातर्फ कागेश्वरी मनोहरा नगरपालिका–७ र मध्यपुर ठिमीतर्फ चारमा पर्ने ठाउँमा नदी व्यवस्थापनको काम सुरु गरिएको उनले बताए ।
नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने सडकको विकल्पका रूपमा यो करिडोर रहेको छ । बिजुलीबजार वा नयाँ बानेश्वरबाटै सवारीसाधन करिडोरतर्फ डाइभर्ट हुँदा जडीबुटीमा सवारीको चाप केही कम भएको छ । समितिले काठमाडौँ उपत्यकामा धोबीखोला बाहेकका सबै नदीमा काम गरिरहेको छ ।
समितिले नदी सफा गर्नेसँगै सडक, पुल र ढल निर्माणको काम एक साथ अघि बढाइएको छ । उपत्यकाका सबै नदीमा सुधारका कामसँगै करिडोर निर्माण समितिको कार्यक्षेत्रमा पर्छ । रासस

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

प्रतिक्रिया