५६ वर्षको उमेरमा बिकिनीमा खुलेकी हलिउड अभिनेत्री हायक

लस एन्जलस- हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्विर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरूको होश नै हरायो ।
सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् ।
यो बोल्ड बिकिनी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्- 'ह्याप्पी नेशनल बिकिनी दिवस..तपाईंलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ।'
यो पहिलो पटक नभएपनि यसअघि पनि धेरै पटक बिकिनी लुकमा अभिनेत्रीले फ्यानको मन जितिसकेकी छिन् ।
यी बिकिनी तस्विरहरूमा, अभिनेत्रीले बिना कुनै हिचकिचाहट आफ्नो परफेक्ट फिगर देखाउँछिन्। यो उमेरमा उनलाई यति फिट देखेर फ्यानहरुले उनको तारिफ पनि गरिरहेका छन् ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।
अभिनयका अलावा सलमाले सामाजिक सञ्जालमा पनि आफ्नो सुन्दरताको चर्चा गरिरहेकी छिन् । जहाँ उनलाई २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया