कागेश्वरी मनोहराको फर्निचर पसलमा चोरी, एक जना पक्राउ

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ ।
बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
उनको टिममा अन्य दुई जना रहेको र स्थानीयले समात्न खोजेपछि उनीहरू भागेको बताइएको छ । उनीहरूको समूहले घरका धाराका टुटी, साइकल तथा कोठाभित्र पसेर मोबाइल, पैसा, सुनका गहना चोर्ने गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया