युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदकाे माग

काठमाडाैँ– सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
उनीहरूले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबूढीहरूको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए । सांसदहरूले सरकारले सधैं वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए ।
उनीहरूले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानुभन्दा अघि सीप प्रमाण पत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने कुरामा जाेड दिएका छन् । उनले भने, 'सरकारले स्थानीय तहलाई सीपमूलक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिनसके दक्ष जनशक्ति उत्पादन हुन्छ। नेपाली श्रमिकहरू काम गर्न पुगेको देशहरूसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक छ ।'
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताए । उनले मुलुक भित्रै युवाहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्ने जिकिर गरेका छन् ।
उनले सरकारले रेमिट्यान्स भित्र्याउने उद्देश्यले मात्रै वैदेशिक रोजगारीलाई प्राथमिकता दिए भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए। सरकारले सीप सिकाएर सिकेको सीपलाई प्रयोग गर्ने अनुकूल वातावरण बनाउनुपर्ने उनकाे माग छ।
उनले विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको भन्दै श्रमिकहरूको सम्मान राज्यले गर्न नसकेको गुनासाे गरेका छन् ।
बैठकमा सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरूलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटरब्याजीहरूको जन्म भएको बताए।
उनले वैदेशिक रोजगारीमा जान ऋण लिन धितो राखेर घरजग्गा समेत सक्छ तर विदेश जान समेत नपाउने अवस्था रहेको दर्शाएका छन् । उनले गरिब जनतालाई वैदेशिक रोजगारीमा पाउनै पर्ने भएर सरकारी फन्ड बनाएर पाउन समेत माग गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया